+
+
Shares

कार्की आयोगको प्रतिवेदनबारे ओलीको प्रतिक्रिया- कारबाही सिफारिस निराधार

‘दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट प्रत्यक्ष रूपमा घटना घटाइएको हुनुपर्छ । भवितव्यले होस् कि लापरबाहीले होस् । जुनसुकै अवस्थामा मात्रै उसको उपस्थिति आवश्यक छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १७:०२

१२ चैत, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूमाथि गरिएको फौजदारी अभियोगको सिफारिसमा न्यायिक आधार नै नभएको बताएका हुन् ।

‘अहिले खासगरी नेकपा एमाले अध्यक्षका बारेमा, तत्कालीन प्रधानमन्त्रीका बारेमा फौजदारी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार छानबिन र मुद्दा चलाउने सिफारिस गरेको छ,’ ओलीले भने, ‘दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट प्रत्यक्ष रूपमा घटना घटाइएको हुनुपर्छ । भवितव्यले होस् कि लापरबाहीले होस् । जुनसुकै अवस्थामा मात्रै उसको उपस्थिति आवश्यक छ ।’

जो मान्छे त्यहाँ उपस्थित नै भएको छैन उसले लापरबाही गरेर घटना भयो भन्नुको न्यायिक आधार नै नभएको उनले दाबी गरे । ‘अर्को कुरा पहिले देखि नै भन्दैआएको छु, प्रधानमन्त्रीले न गोली चलाउँछ, न चलाउने आदेश दिन्छ । अहिले यसबिचमा मानिस मरेका छन्, यसको जिम्म कसले लिने ?,’ ओलीले भने ।

न्यायधीश भइसकेका मान्छे, प्रहरीको उच्च ओहदामा बसेको मान्छेबाट जुन सिफारिस भएको छ, त्यो अत्यन्त निराधार र कानुनी हिसाबले पनि नमिल्ने देखिएको उनले बताए ।

एमालेले पहिले नै पार्टीको  १० औँ केन्द्रीय कमिटीले यो आयोगका पदाधिकारीमाथि प्रश्न उठाइसकेको पनि ओलीले बताए ।

‘पहिले नै धारणा व्यक्त गरिसकेका र खासगरी हाम्रो पार्टीका विरुद्ध विषाख्त र आग्रहपूर्ण धारणा अभिव्यक्त गरिसकेका, आग्रहपूर्ण धारणा निराधार ढंगले विषाख्त तरिकाले पस्किसकेका व्यक्ति, आफ्नो फैसला पहिले नै सुनाइसकेका व्यक्ति भएको हुनाले, छनोटको आधार नै त्यही बनाएर जिम्मा दिएको हुनाले त्यस्ता व्यक्तिबाट कुनै सत्यतथ्यमा आधारित यथार्थ प्रतिवेदन  आउन सक्दैन भनेर हामीले भनेका थियौँ,’ ओलीले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?