+
+
Shares

अमेरिकी सैनिक हुँ भन्दै महिलाहरूलाई ठग्ने युवक समातिए

कुराकानीका क्रममा उनले विशाल थापा क्षेत्री भन्दै आफ्नो परिचय दिने गरेको पनि प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १८:४९

५ चैत, काठमाडौं । टिकटक र वाट्सएपमा जोडिएर ‘अमेरिकन आर्मी हुँ’ भन्दै प्रलोभनमा पारेर महिलालाई ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका–२ का ३४ वर्षीय भेषराज वाग्ले रहेको नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक(एसपी) मनोहरप्रसाद भट्टका अनुसार वाग्लेले टिकटक र वाट्सएपमार्फत महिलाहरूसँग सम्पर्क गरेर कुराकानी गर्दैजाँदा आफू अमेरिकन आर्मीमा कार्यरत रहेको भन्दै प्रलोभनमा पार्ने गरेका थिए ।

कुराकानीका क्रममा उनले विशाल थापा क्षेत्री भन्दै आफ्नो परिचय दिने गरेको पनि प्रहरीले जनाएको छ ।

महिलाहरूलाई विश्वासमा पारिसकेपछि वाग्लेले आफू बिदामा नेपालमा जग्गाको कर तिर्न आएकोलगायतका झुठ्ठा कुरा भनेर ‘आफ्नो खातामा लिमिट लागेको’ भन्दै रकम लिने गरेका थिए ।

रकम लिएपछि फिर्ता नदिएर ठगी भएको भन्दै पीडित महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउपछि उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं बुझाइएको एसपी भट्टले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?