+
+
Shares

इरानी नयाँ वर्षमा पुटिनले भने- मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ

‘राष्ट्रपति भ्लादिमिरि पुटिनले इरानका सर्वोच्च नेता मोजतबा खामेनी र राष्ट्रपति मसुद पेजेस्कियानलाई नयाँ वर्षको शुभकामना दिए र भरोसा दिलाए- इरानी जनता कठिन चुनौतीलाई सम्मानका साथ पार गर्नेछन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते २१:०३

७ चैत, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले रुस सधैँ इरानको वफादार र भरोसायोग्य साथी रहेको बताएका छन् । शनिबार इरानी नेतालाई ‘नवरोज’(इरानी नयाँ वर्ष)का अवसरमा शुभकामना दिँदै पुटिनले यस्तो बताएका हुन् ।

‘मस्को(रुसी राजधानी) सधैँ तेहरान(इरानी राजधानी)को वफादार र भरोसायोग्य साथी रहेको छ,’ क्रेमलिन(रुसी राष्ट्रपति भवन)द्वारा जारी वक्तव्यमा भनिएको छ,‘राष्ट्रपति भ्लादिमिरि पुटिनले इरानका सर्वोच्च नेता मोजतबा खामेनी र राष्ट्रपति मसुद पेजेस्कियानलाई नयाँ वर्षको शुभकामना दिए र भरोसा दिलाए- इरानी जनता कठिन चुनौतीलाई सम्मानका साथ पार गर्नेछन् ।’

यसअघि पुटिनले अमेरिका र इजरायलले इरानमाथि हमला गरेर पूरै पश्चिम एसियालाई तबाहीको दैलोमा पुर्‍याएको टिप्पणी गरेका थिए । ‘अमेरिका र इजरायलले एक ठुलो वैश्विक ऊर्जा संकट पैदा गरेका छन्,’ पुटिनले भनेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?