+
+
Shares

विशेष महाधिवेशन चुनावमा पराजयको मुख्य कारण बन्यो : श्याम घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रको अन्तर्घात र विशेष महाधिवेशनका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्न परेको बताए।
  • घिमिरेले विशेष महाधिवेशनको नाममा भएको झगडाले पार्टी एकतालाई खल्बल्याएको र जनतामा नराम्रो म्यासेज गएको उल्लेख गरे।
  • उनले गगन थापाको अनुहार देखाएर भोट लिन सकिन्थ्यो तर अनावश्यक समयमा एक्स्पोज गरेपछि पार्टीलाई ठूलो क्षति पुगेको बताए।

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रको अन्तर्घात र विशेष महाधिवेशनका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्न परेको टिप्पणी गरेका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा घिमिरेले विशेष महाधिवेशनमार्फत भएका क्रियाकलापका कारण पराजय व्यहोर्नपरेको बताएका छन् ।

‘विशेष महाधिवेशनको नाममा जे जस्तो भयो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौँ । हामीले चुनावको मुखमा आएर हामीले ५ महिनासम्म पार्टी भित्र झगडा गर्दै रह्यौँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर,’ घिमिरेले भनेका छन्, ‘यो झगडाले पार्टी भित्रको समग्र एकतालाई खल्बल्यायो । र त्यसको म्यासेज पनि जनतामा असाध्यै नराम्रोसँग गयो । त्यो निर्वाचनको पराजयका लागि पनि मुख्य कारण बन्यो ।’

पार्टीलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढाउने परिणाम राम्रो आउनसक्ने विश्वास भएपनि अब त्यो टुटेको उनको भनाइ थियो ।

साथै, उनले गगन थापाको अनुहार देखाएर जुन भोट लिन सकिन्थ्यो त्यो अनावश्यक समयमा भएको जिकिर गरेका छन् ।

‘हामीलाई लागि राखेको थियो–कि गगनजीको नेतृत्वबाट पार्टी अगाडि बढ्दाखेरी पार्टीले निकै राम्रो परिणाम दिनसक्छ भन्ने हामीलाई जुन विश्वास थियो । त्यो विश्वासको धरातल पनि टुटेको छ । अर्कोतर्फ सबभन्दा ठूलो क्षति भनेको पार्टीलाई के भयो ? भने मेरो बुझाईमा कि अर्को निर्वाचनका लागि हामीले गगनजीको अनुहार बेचेर, उहाँको अनुहार देखाएर हामीले पार्टीका लागि ठूलो भोट कलेक्शन गर्नसक्थ्यौं,’ घिमिरेले भनेका छन्, ‘त्यो भोट बैंक जुन हाम्रो थियो । अर्थात त्यो भोटका लागि हामीसँग एउटा आशाको अनुहार थियो । त्यो अनुहारलाई हामीले अहिले अनावश्यक टाईममा एक्स्पोज गर्‍यौ । त्यो भने काँग्रेसको अपूरणीय क्षति हो भन्ने मैले बुझेको छु ।’

यो क्षतिलाई व्यवस्थित तरिकाले पुनर्स्थापित गर्नु सबैभन्दा ठूलो चुनौती रहेको घिमिरेको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?