News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीलाई एक बनाएर लैजाने जिम्मा वर्तमान संस्थापन पक्षको भएको बताएका छन्।
- घिमिरेले गगनजीले सबैलाई समेट्ने ढंगले अग्रसरता लिनुपर्ने र विशेष महाधिवेशनभन्दा बाहिर रहेकाहरूलाई समेट्नुपर्ने बताए।
- उनले पार्टी कमजोर भएको अवस्थामा वर्तमान संस्थापन पक्षले पार्टी एकताबद्ध गरेर लैजान सबैले साथ दिनुपर्ने उल्लेख गरे।
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीलाई एक बनाएर लैजाने जिम्मा वर्तमान संस्थापन पक्षको भएको बताएका छन् ।
आज आइतबार शेरबहादुर देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलामा सहभागी भएर निस्किएका घिमिरेले यस्तो बताएका हुन् ।
‘अब मुद्दामामिलाको कुरा सकिएको छ । राजनीतिक रुपमा पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्नेछ,’ उनले भने, ‘गगनजीले सबैलाई समेट्ने ढंगले अग्रसरता लिनुपर्छ । विशेष महाधिवेशनभन्दा बाहिर रहेकाहरूलाई कसरी समेटेर जानुपर्छ भन्ने कुरा उहाँमा निर्भर छ ।’
उनले देउवा पक्षले पनि पार्टी एकता कसरी सुदृढ बनाउने भन्नेबारे काम गर्नुपर्ने बताए । ‘पार्टी कमजोर भएको अवस्था छ । सँगसँगै वर्तमान संस्थापन पक्षले पनि हामीले जित्यौँ, हामी भइसक्यौँ भन्ने बिर्सेर पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ यसमा सबैले साथ दिनुपर्छ’ उनले भने ।
प्रतिक्रिया 4