News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले १६ सदस्यीय प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।
- घिमिरेको उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समर्थन गरेका छन्।
- घिमिरेले वस्तुगत संघहरूको भूमिका प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।
राजधानीमा सोमबार आयोजित एक समारोहका बीच घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहित समूह सार्वजनिक गरेका हुन् । घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समर्थन गरेका हुन् । ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले आफ्नो समूहमा उद्योग र व्यापारका विभिन्न विधालाई समेटेर समावेशी टिम निर्माण गरेका हुन् ।
घिमिरे नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष हुन् । उनले पेट्रोलियम र ऊर्जा क्षेत्रका नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । वस्तुगत संघको आवाजः साना तथा मझौला उद्योगीका समस्यालाई नीतिगत तहमा पुर्याउन उनले लामो समयदेखि वकालत गर्दै आएका छन् ।
समन्वयकारी व्यक्तित्वः सरकार र निजी क्षेत्रबीचको संवादमा स्पष्ट र निडर प्रस्तुति राख्न सक्ने क्षमता उनको मुख्य विशेषता हो । उम्मेदवारी घोषणाका क्रममा घिमिरेले महासंघभित्र वस्तुगत संघहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
घिमिरे नेतृत्वमा वस्तुगत सदस्यका उम्मेदवार यी हुन्
अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होम प्रसाद घिमिरे, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे, ध्रुब बहादुर गौतम ।
प्रतिक्रिया 4