+
+
Shares

शपथ लिन पुगेका महावीर पुन भन्छन्– जे जे आइपर्छ त्यही गर्छु

‘भविष्यमा केके आइपर्छ, केही थाहा छैन अहिले । भविष्यको कुरा कसैलाई थाहा हुँदैन, भगवान्लाई मात्र थाहा हुन्छ होला । भगवान्लाई पनि कुन्नी !’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १३:४८

१२ चैत, काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले पद धारण गरेपछि जे–जे काम आइपर्छ त्यही गर्ने प्रतिक्रिया दिएका छन् । बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका पूर्व शिक्षा मन्त्रीसमेत रहेका पुनले ‘विधायिकी अभ्यास कसरी गर्नुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा यस्तो जवाफ दिएका हुन् ।

‘अब जेजे आइपर्छ त्यही गर्ने । मेरो तरिका त्यही छ, जेजे आइपर्छ गर्ने, पछि नहट्ने,’ पुनले भने, ‘भविष्यमा केके आइपर्छ, केही थाहा छैन अहिले । भविष्यको कुरा कसैलाई थाहा हुँदैन, भगवान्लाई मात्र थाहा हुन्छ होला । भगवान्लाई पनि कुन्नी !’

त्यसैले अहिले नै आफू यो गर्छु, त्यो गर्छु केही नभन्ने उनले बताए । ‘मेरो भूमिका यो हुनेछ, त्यो हुनेछ भन्ने कुरा हुँदैन, राम्रो काम गर्ने भूमिका हुनेछ, ल,’ सांसद पुनले भने ।

शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा आफूलाई टन्न सिकाइ भएको बताउँदै त्यो अहिले भनिसाध्य नभएको पुनले प्रतिक्रिया दिए । उनले भने, ‘खासगरी शिक्षामा राजनीतिकरण हटाउने । शिक्षामा भएको जुन राजनीतिकरण छ त्यसले विश्वविद्यालयको शिक्षा, विद्यालय शिक्षा बिगारेको छ त्यो सुधार्ने ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?