News Summary
Generated by OK AI. Editorially reviewed.- मानवशास्त्री सन्जीव पोखरेलले नयाँ सरकारबाट गलत प्रमाणित हुन नचाहने तर आशावादी नभएको बताए।
- पोखरेलले बालेन शाह प्रधानमन्त्री हुँदा संविधानको पूर्ण पालना हुनेमा आशंका व्यक्त गरे।
- उनले रवि लामिछाने र बालेन शाहको सहकार्यलाई सय दिनसम्म पर्खनुपर्ने बताए।
मानवशास्त्री सन्जीव पोखरेल मूलत: आफूलाई ब्लगर भनेर चिनाउँछन् । पछिल्लो चुनाव परिणामले रास्वपालाई दिलाएको अभूतपूर्व अवसरबारे उनी सकारात्मक त सुनिन्छन्, तर अन्तर्यमा उनका आशंका छन् । अनलाइनखबरका लागि बसन्त बस्नेतसँग आज बिहीबार अपराह्न भएको यो अन्तर्वार्तामा पोखरेलले आफू आशावादी नभएको, तर नयाँ सरकारबाट गलत प्रमाणित हुन चाहेको अभिव्यक्ति दिए ।
उनले बालेन शाह प्रधानमन्त्री बन्दै गरेको पृष्ठभूमिमा संविधानको पूर्ण पालना हुनेमा भने आशंका व्यक्त गरेका छन् ।
‘जनताले दिएको म्यान्डेटलाई प्रश्न गरिहाल्नुपर्छ भन्ने होइन, तर मेरो धेरै आशा भने छैन,’ पोखरेलले भनेका छन्, ‘रवि लामिछाने र बालेन शाहको यो सहकार्यलाई सय दिनसम्म पर्खेर हेर्नुपर्छ ।’

बालेनले हिन्दु, बौद्ध संस्कार झल्कने गरी शपथ लिन लागेको, अनि सांसदको शपथमा किराती पहिचान झल्कने सिलाम साक्मा लगाएको विषयमा समेत पोखरेलले आलोचनात्मक कोण राखेका छन् । राजाहरुले विगतमा सांस्कृतिक मूल्य जगेर्ना गरे पनि व्यवहारमा तयो विविधता नदेखिएकाले आशंका कायमै रहेको उनको तर्क छ ।
कांग्रेस सभापति गगन थापा स्वयंको पराजयसमेतलाई पोखरेल सकारात्मक ढंगले लिन सक्नुपर्ने बताउँछन् । कांग्रेस, एमाले, नेकपा सांसद शपथ ग्रहण समारोहमा एकै बेन्चमा देखिनुको राजनीतिक अर्थ पनि उनले लगाए । एमाले परिवर्तनलाई आत्मसात् गर्ने मामिलामा धेरै पछि रहेको उनको विश्लेषण छ ।
भिडियो, तस्वीर : शंकर गिरी ।
प्रतिक्रिया 4