१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ । कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे सांसदहरूलाई अभिमुखीकरण तालिम दिन लागेको हो ।
पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
उनले शनिबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरू हुने जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।
प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले (११ चैत) प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4