News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
- प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ।
- स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानुन मन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुधन गुरुङ गृह मन्त्री बनेका छन्।
१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना छन् ।
प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । बालेन प्रधानमन्त्रीसँगै रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् ।
सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।
सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।
सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । गीता चौधरी कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री, सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

प्रतिक्रिया 4