News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन्।
- देउवाले प्रधानमन्त्री बालेन्द्र शाहलाई 'हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना' व्यक्त गर्नुभएको छ।
- स्वास्थ्य उपचारका लागि सिंगापुर गएपछि हाल हङकङमा रहेका देउवाले मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूलाई पनि शुभकामना दिएका छन्।
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।
मुलुक बाहिर रहेका उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ देउवाले लेखेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले बालेनसँगै मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा पछिल्लो समय हङकङमा छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4