News Summary
Generated by OK AI. Editorially reviewed.- १३ चैत शुक्रबार साँझ काभ्रेपलाञ्चोकको रोशी खोलामा अविरल वर्षाका कारण आएको बाढीमा ७ जना फसेका छन्।
- जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले उद्धार प्रयास भइरहेको र एउटा गाडी बगाएको बताए।
- प्रहरी चौकी भकुण्डेका इन्चार्ज गणेश श्रेष्ठको टोली घटनास्थल पुगेको छ र थप विवरण आउन बाँकी छ।
१३ चैत काभ्रेपलाञ्चोक । शुक्रबार साँझ परेको अविरल बर्षाका कारण रोशी खोलामा आएको बाढीमा ७ जना व्यक्तिहरू फसेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै ७ जना व्यक्तिहरु फसेको र उद्धारको प्रयास भइरहेको छ ।
प्रहरीका अनुसार एउटा गाडी बगाएको छ । ‘त्यो गाडी बगाउन लागेपछि यात्रुहरू झरेर ठूलो ढुङ्गामा चढेर बस्नुभको छ । अध्यारो र पानी परिरहेको कारण उद्धारमा केही कठिनाइ भएको छ,’ एसपी शाहले भने ।
अहिले प्रहरी चौकी भकुण्डेका इन्चार्ज गणेश श्रेष्ठको टोली घटनास्थल पुगेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4