+
+
Shares

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, बिपी राजमार्ग अवरुद्ध

कपिल कोइराला कपिल कोइराला
२०८२ चैत १४ गते ७:५६

१४ चैत, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

बिपी राजमार्गमा काम गर्ने एक मजदुरको मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए ।

उनका अनुसार बिपी राजमार्गमा काम गर्ने रोशी-७ निवासी कुन्साङ तामाङको‌ रोशी खोलाले बगाएर मृत्यु भएको हो ।

वर्षाका कारण बिपी राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ बजेदेखि बिपी राजमार्गको काभ्रे खण्डमा पर्ने रोशी ७ घुमाउनेडाँडा, रोशी ९ विरुवाडाँडा, रोशी ११ कालढुङगा र नमोबुद्ध न.पा ६ चौकीडाँडामा राजमार्ग पूर्ण रुपमा  अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

सम्बन्धित निकायबाट सडक खुलाउने कार्य भइरहेको हुँदा सबैलाई सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?