+
+
Shares

लेखकविरुद्ध पनि जरुरी पक्राउ पुर्जी जारी हुँदै

‘लगभग सकिएको छ, हामी पुर्जीको काम अन्तिम चरणमा छौं,’ एक उच्च प्रहरी अधिकारीले अनलाइनखबरसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गर्ने काम अन्तिम चरणमा पुगेको छ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ पुर्जी जारी भइसकेको छ र प्रहरी टोली उनको निवासमा पुगेको छ।
  • नयाँ सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै जेनजी आन्दोलन दमनबारे कारबाही अघि बढाएको छ।

१४ चैत, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध पनि जरुरी पक्राउ पुर्जी जारी हुने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार, लेखकविरुद्धको जरुरी पक्राउ पुर्जी जारी गर्ने काम भइरहेको छ ।

‘लगभग सकिएको छ, हामी पुर्जीको काम अन्तिम चरणमा छौं,’ एक उच्च प्रहरी अधिकारीले अनलाइनखबरसँग भने ।

उता, एमाले अध्यक्ष ओलीको भने पक्राउ पुर्जी जारी भइसकेको छ । कागजातसहित ओली निवासमा प्रहरीको टोली पनि पुगिसकेको छ ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्षेत्रमा खटिएका छन् ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका थिए ।

प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।

मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।

शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए ।

मध्यरातसम्म भएको छलफलपछि सहमति नभएपछि कानुनसचिव पाराश्वर ढुंगानालाई पनि प्रहरी हेडक्वार्टर बोलाइएको थियो ।

उनी हेडक्वार्टरबाट निस्किएर लिखित आदेश तयार पारे । त्यसपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर ओलीलाई नियन्त्रणमा लिन लागिएको हो ।

मुलुकी फौजदारी संहिताको मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस भएको थियो ।

उक्त दफामा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको कसुर अन्तर्गत कारबाही हुने उल्लेख छ । आयोगले ती दुवै दफा उल्लेख गरी कारबाहीका लागि सिफारिस गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?