+
+
Shares

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्न लागेको छ।
  • एमाले सचिव महेश बस्नेतले फेसबुकमार्फत् प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
  • बस्नेतले ओली र रमेश लेखकको पक्राउले राजनीतिक प्रतिशोध र द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बताएका छन्।

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले प्रदर्शनमा उत्रिने भएको छ । सचिव महेश बस्नेतका अनुसार एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्न लागिएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ बस्नेतले लेखेका छन्, ‘कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ ।’

जेनजी आन्दोलनमा दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ । ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,’ सचिव बस्नेतले लेखेका छन् ।

बस्नेतले जेनजी आन्दोलनका क्रममा निरिह देखिएको नेपाल प्रहरीप्रति पनि टिप्पणी गरेका छन् । ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दु:ख लाग्छ,’ उनले लेखेका छन् ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?