+
+
Shares

बबरमहल क्षेत्रमा बल्यो टायर, प्रहरीले गर्‍यो लाठीचार्ज

झडप उग्र बन्दै जान थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ चैत १४ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ता र प्रहरीले झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको छ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनकारी माइतीघरबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्दा प्रहरीले जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो।
  • झडपपछि सो क्षेत्र तनावग्रस्त रहेको छ र प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन्।

१४ चैत, काठमाडौं । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रहरी र प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडप उग्र बन्दै जान थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् ।

काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो ।

त्यसक्रममा झडप भएको हो । अहिले पनि सो क्षेत्र तनावग्रस्त छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?