+
+
Shares

बबरमहल क्षेत्रमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप

माइतीघर–बबरमहल क्षेत्रमा केहीबेरदेखि अवस्था तनावपूर्ण बनेको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ चैत १५ गते १६:१६

१५ चैत, काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

माइतीघर–बबरमहल क्षेत्रमा केहीबेरदेखि अवस्था तनावपूर्ण बनेको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले आवश्यक बल प्रयोग गरिरहेको छ । प्रदर्शनका क्रममा एक प्रदर्शनकारी घाइते भएका छन् । उनको टाउको फुटेको छ ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा हिजोदेखि नै एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र पनि बुझाएका छन् ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?