१४ चैत, काठमाडौं । इन्टरनेट अनुगमनकारी संस्था नेटब्लकस्का अनुसार इरानमा जारी ‘ब्ल्याकआउट’ आज शनिबार ठ्याक्कै एक महिना पुगेको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेदेखि नै त्यहाँको इन्टरनेट सेवा काटिएको हो ।
पछिल्लो तथ्याङ्क अनुसार इरानी नागरिक ६७२ घण्टाभन्दा बढी समयदेखि विश्वव्यापी सञ्जालबाट पूर्ण रूपमा विमुख भएका छन् ।
नेटब्लक्सको ग्राफले इरानको इन्टरनेट कनेक्टिभिटी सामान्य अवस्थाको तुलनामा केवल १ प्रतिशतमा झरेको देखाएको छ ।
यो प्रतिबन्धका कारण युद्धको समयमा सर्वसाधारणले स्वतन्त्र सूचना पाउन र सम्भावित आक्रमणका बारेमा सचेत हुन समेत कठिन भएको बताइएको छ ।
इरानी अधिकारीहरूले ‘ह्वाइटलिस्ट’ प्रणाली लागू गरी केही सरकारी निकाय र वफादार व्यक्तिहरूलाई मात्र सीमित पहुँच दिएका छन् ।
यो ब्ल्याकआउटलाई आधुनिक इतिहासकै सबैभन्दा लामो र गम्भीर इन्टरनेट शटडाउनमध्ये एक मानिएको छ ।
प्रतिक्रिया 4