+
+
Shares

दुई तिहाइ सरकारले शपथ लिएकै दिनबाट दिनगन्ती सुरु भयो : महेश बस्नेत

‘यही अवस्था रहे भोलि देशभर आन्दोलन चर्काउँछौं’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी दिएका छन्।
  • बस्नेतले प्रहरीबाट दमन भएको बताउँदै भोलि १२ बजे जिल्ला सदरमुकामहरूमा आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक हुने बताए।
  • एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई 'पूर्वाग्रह र प्रतिशोध' भनेको छ र तत्काल रिहाइको माग गरेको छ।

१४ चैत, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी दिएका छन् ।

प्रहरीबाट आफूहरूमाथि दमन भएको बताउँदै बस्नेतले यही अवस्था रहिरहे भोलि देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

‘यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ,’ बस्नेतले भनेका छन्, ‘साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ ।’

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेले आजैबाट प्रदर्शन थालेको छ ।

एमालेले अध्यक्ष ओलीको पक्राउलाई ‘पूर्वाग्रह र प्रतिशोध’ भनेको छ ।

‘पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ । अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ,’ बस्नेले भनेका छन्, ‘तिमीहरूको गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ ।’

उनले थप प्रश्न गरेका छन्, ‘के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ ?’

हिजो दमन भयो भन्नेहरू नै अहिले दमनमा उत्रिएको भन्दै उनले घाइतेको उपचार, पक्राउ परेकाहरूको अविलम्ब रिहाइको माग गरेका छन् ।

‘हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्‍यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन् ?’, उनले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?