+
+
Shares

पश्चिम एशियामा विकसित परिस्थितिबारे अध्ययन गर्न कार्यदल गठन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २२:४१

१४ चैत, काठमाडौं । सरकारले पश्चिम एशियाका देशहरूमा विकसित हुँदै गएको परिस्थितिका कारण नेपालमा आर्थिक, वैदेशिक रोजगारी, आपूर्ति शृङ्खला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्नसक्ने बहुआयामिक प्रभावबारे मुल्यांकन गर्न कार्यदल गठन गर्ने भएकाे छ।

सरकारले सार्वजनिक गरेकाे १०० दिने कार्यस”चीमा उक्त परिस्थितिका कारण नेपालीको आर्थिकर वैदेशिक राेजगारी, आपूर्ति शृङ्खलार उर्जा तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावहरूकाे समयमै मूल्याङ्कन तथा व्यवस्थापन गर्न परराष्ट्र, श्रम, अर्थ, उद्योग, आपूर्ति, ऊर्जा लगायतको प्रतिनिधित्व रहनेगरी एक उच्चस्तरीय अन्तर–मन्त्रालय अध्ययन कार्यदल गठन गर्ने भएकाे हाे ।

उक्त कार्यदलले विस्तृत अध्ययन गरी ७ दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत तथा कार्यक्रमगत उपायहरू सहित प्रतिवेदन पेश गर्ने उल्लेख छ।सो प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न अन्तर-मन्त्रालय कार्यदल समेत गठन गरिनेछ । सोको आधारमा आवश्यक नीति तथा रणनीति तयार गर्ने कार्य परराष्ट्र मन्त्रालयको संयोजकत्वमा ३० दिनभित्र सम्पन्न गरिनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?