+
+
Shares

गुल्मीमा जिपको ठक्करबाट दृष्टिविहीन महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १०:१५

१५ चैत, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक दृष्टिविहीन महिलाको मृत्यु भएको छ।

जिल्लाको चन्द्रकोट गाउँपालिका-४ रिपास्थित शान्तिपुर-चन्द्रकोट भित्री सडक खण्डमा शनिबारबार साँझ करिब ६:४० बजे चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेको लु१ज १८३४ नम्बरको सफारी जिपले पैदलयात्री तुलसी थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

चन्द्रकोट–४ कै करिब ५५ वर्षीया थापा दृष्टिविहीन रहेको र बाटो क्रस गर्ने क्रममा जिपले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी थापाको अनुहार र बाँया खुट्टामा चोट लागेको थियो ।

उनलाई तत्काल सीएनसी मेडिकल शान्तिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको थियो । तर, राति करिब ११:१० बजे अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिप चालक चन्द्रकोट–४ डाडाबनका ३१ वर्षीय जीवन फौदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक जाँचमा चालकले मादक पदार्थ सेवन नगरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?