+
+
Shares

दृष्टिविहीन युवालाई एआई साक्षरता प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते ११:५४

६ मंसिर, काठमाडौं । दृष्टिविहीन युवाहरुका लागि एआई साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिविहीन युवाहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा एकदिने कार्यक्रम सञ्चालन गरिएको हो ।

प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा युवालय र नेत्रहीन युवा संघ नेपाल उपत्यका शाखाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

नेत्रहीन युवा संघ नेपाल उपत्यका शाखाकी अध्यक्ष एवं प्लान इन्टरनेशनलको युथ एड्भाइजरी परिषद्’ सदस्य रोशनी अधिकारीले प्रस्तुत गरेको प्रस्ताव स्वीकृत भएसँगै यो कार्यक्रम सञ्चालनमा आएको हो ।

एआईको प्रयोग गरी शैक्षिक तथा पेशागत कार्यहरूलाई सहज बनाउन र यसका सम्भावित नकारात्मक असरहरूबाट बच्नेबारे कार्यक्रममा जानकारी गराइएको थियो ।

३० जना सहभागी भएको कार्यक्रममा शिवकुमार अग्रवाल र जल्दीप सापकोटाले प्रविधिको आधारभूत ज्ञान र यसको प्रयोगबारे प्रशिक्षण दिएका थिए ।

नेत्रहीन युवा संघ नेपालका केन्द्रीय महासचिव अर्जुनबहादुर रावलले प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिका रुपमा युवालयकी कार्यक्रम संयोजक पुष्पा थपलिया रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?