+
+
Shares

ब्रिज कोर्सबारे शिक्षामन्त्रीको स्पष्टीकरण : एसईईपछिको मात्र हटाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईपछिको ब्रिज कोर्स मात्र हटाउने निर्णय भएको बताउनुभयो।
  • मन्त्रीस्तरीय निर्णयअनुसार तयारी कक्षा भने सञ्चालन गर्न पाउने उहाँले खुलाउनुभयो।
  • एसईईको मानसिक असर र रिजल्ट निकाल्ने समय घटाउन ब्रिज कोर्स रोक्ने निर्णय गरिएको उहाँले उल्लेख गर्नुभयो।

१६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईपछिको ब्रिज कोर्स मात्र हटाउने निर्णय भएको बताएका छन् ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै तयारी कक्षा र ब्रिज कोर्स हटाउने निर्णय गरेका थिए । तर विवाद भएपछि उक्त सूचना मन्त्रालयबाट पनि हटाइएको थियो ।

‘एसईईलाई प्राथमिकतामा राखेर गरेको हो । एसईईको जाँचले मानसिक असर परेको हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘रिजल्ट आउन पनि समय लाग्ने । रिजल्ट निकाल्ने समयसमेत घटाएको छ । ११ को भर्नाको लागि ब्रिज कोर्समा तानातान हुन्छ । १० कक्षा सकिएपछिको रोक्ने हो ।’

१० कक्षा भन्दा माथिको तयारी कक्षा भने सञ्चालन गर्न पाउने उनको भनाइ छ ।

‘एमबीबीएस, इन्जिनियरिङ पढ्नेको कानुन बमोजिम गर्नेगरी हुन्छ । तत्कालको लागि एसईईपछिको रोकिने हो,’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?