+
+
Shares

ब्रिज कोर्स बन्द गर्ने सूचना मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ?

मन्त्रालयका अनुसार थप प्रष्टता पार्नको लागि हटाइएको हो । ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको भने होइन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ।
  • मन्त्रालयले आगामी १ वैशाखबाट ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको थियो।
  • मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भाषा मिलाएर सूचना फेरि अपलोड गरिने बताए।

१६ चैत, काठमडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेब साइटबाट हटाएको छ ।

आइतबार मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको थियो ।

आगामी १ वैशाखबाट लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको थियो । तर सोमबार उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका अनुसार थप प्रष्टता पार्नको लागि हटाइएको हो । ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको भने होइन ।

‘केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो । भाषा मिलाएर फेरि अपलोड हुन्छ,’ मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

उक्त सूचनाबारेको जानकारी शिक्षामन्त्री सस्मीत पोखरेलले पनि आफ्नो फेसबुकमा राखेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?