+
+
Shares

चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : सीता गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १९:३६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी नेतृ सीता गुरूङले दुवै पक्षले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउन लाग्नुपर्ने बताउनुभयो।
  • गुरूङले पार्टी एकताका लागि अदालतले जे निर्णय दिन्छ सोही निर्णय अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो।
  • उनले कांग्रेस पछारिनु पछारिसक्यो भन्दै अब उठ्ने कुरा गर्नुपर्नेमा जोड दिनुभयो।

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता गुरूङले दुवै पक्षले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउन लाग्नुपर्ने बताएकी छन् ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बुधबारको बैठकमा उनले यस्तो बताएकी हुन् ।

चुनावबाट कांग्रेस पछारिइसकेको भन्दै उनले अब उठ्ने कुरा गर्नुपर्नेमा जोड दिइन् ।

दुवै समूहले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउनका लागि संवादहिनता तोड्नुपर्नेमा उनले जोड दिइन् ।

नेतृ गुरुङले पार्टी एकताका लागि अदालतले जे निर्णय दिन्छ सोही निर्णय अनुसार अगाडि बढ्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘कांग्रेस पछारिनु पछारिसक्यो । कांग्रेसले सिक्नुपर्ने सबै सिकी पनि सक्यो । अब उठ्ने कुरा गरौं । उठाउनका लागि दुई समूहबीच देखिएको संवादहिनता तोडौं । आ-आफ्नो अहंकार पनि छाडौं । दुवै पक्षले त्यो त्याग गरौँ । अनि पार्टी एकताका लागि अदालतले जे निर्णय दिन्छ त्यो निर्णय अनुसार अघि बढौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?