+
+
Shares

कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ९:१३

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ ।

विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए ।

बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको नेताहरूले जानकारी दिएका छन् ।

यसअघि संस्थापनइतर समूहले आज (बिहीबार) जिल्ला सभापतिहरूको भेला बोलाइएको सूचना बाहिरिएको थियो ।

इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

एक शीर्ष नेताले थप आन्तरिक छलफल गरेर जिल्ला सभापति भेलाबारे निर्णय गरिने जानकारी दिए ।

एक युवा नेताले जिल्ला सभापतिहरूलाई प्रदेशअनुसार बोलाएर छलफल गर्ने तयारीका लागि पूर्वनिर्धारित भेला स्थगित गरिएको बताएका छन् ।

संस्थापनइतर समूहका अर्का नेताले सर्वोच्च अदालतमा पार्टीको आधिकारिताका विषयमा २२ चैतमा तोकिएको पेसीलाई मध्यनजर गर्दै भेला स्थगित गरिएको प्रतिक्रिया दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?