+
+
Shares

एसईई सुरु भएकै दिनमा फिल्म ‘रोल नं. १’ को पहिलो झलक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ११:३०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माता विनोद पौडेलले निर्माण गरेको फिल्म 'रोल नं. १' को पहिलो झलक सार्वजनिक भएको छ।
  • फिल्मले विद्यार्थी, शिक्षण शैली, शिक्षा प्रणाली र समाजको कथा प्रस्तुत गर्नेछ।
  • म्याग्दीको हिमाली गाउँ रुममा छायांकन गरिएको यो फिल्म अहिले पोस्ट-प्रोडक्सनमा छ।

काठमाडौं । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्माता विनोद पौडेलले निर्माण गरेको आगामी फिल्म ‘रोल नं. १’ को पहिलो झलक सार्वजनिक भएको छ ।

बुधबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) को अवसरमा निर्माताले फिल्मका दुई अर्थपूर्ण पोस्टर दर्शकमाझ ल्याएका हुन् । ‘हरेक विद्यार्थीको कथा’ थिमसहित निर्माण भएको फिल्मले विद्यार्थी, शिक्षण शैली, शिक्षा प्रणाली र समाजको कथालाई पेश गर्ने जनाइएको छ ।

जौन योञ्जन निर्देशित फिल्म बाल मनोविज्ञानमा आधारित छ । महेश दवाडीको पटकथा रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीको अभिनय छ ।

बालकलाकारमा निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता हुन् । छत्रमाया गिरी र रमेश चौलागाईं कार्यकारी निर्माता हुन् ।

म्याग्दीको हिमाली तथा दुर्गम गाउँ रुममा छायांकन गरिएको फिल्मले ग्रामीण परिवेशलाई चित्रण गर्छ । अहिले पोस्ट-प्रोडक्सनमा रहेको यो फिल्मले मुलुकको वर्तमान शिक्षा प्रणालीलाई प्रश्न गर्ने निर्माता पौडेलले बताए ।

सार्वजनिक दुई पोस्टरमध्ये एकमा मुकुन र निर्भिकलाई चित्रण गरिएको छ । अर्को पोस्टरमा रेणु पनि देखिएकी छन् । ग्रामीण र विपन्न जस्तो देखिने पात्रको रोलमा यी कलाकार पोस्टरमा चित्रण छन् ।

यो फिल्मको एक गीतमा म्याग्दीको ग्रामीण भाखामा तयार पारिएको छ, जसमा प्रशान्त शिवाकोटीको संगीत छ । सार्वजनिक भएपछि यो गीतले दर्शकको मन जित्ने आशा निर्माताको छ ।

यो फिल्म १५ जेठदेखि प्रदर्शन तयारीमा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?