News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई पूरा कार्यकालका लागि शुभकामना दिएको छ।
- सांसद भीष्मराज आङ्देम्बेले विगत ७५ वर्षमा कुनै प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नसकेको स्मरण गराए।
- उनीहरूले संविधान विपरीत कुनै कर्म भए नागरिकको अपेक्षा विपरीत कार्य भए खबरदारी गर्ने बताए।
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई पूरा कार्यकालका लागि शुभकामना दिएको छ ।
कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नपाएको स्मरण गराउँदै नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना दिएका हुन् ।
उनले भने, ‘विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन् । म सोध्दिन आजका नयाँ प्रधानमन्त्रीको नियतिमा के लेखिएको छ ? बरु म पूरा कार्यकालका लागि उहाँलाई शुभकामना दिन चाहुन्छु । तपाईंलाई देशका लागि राम्र गर्न हाम्रो प्रष्ट साथ रहनेछ ।’
उनले अगाडि भने, ‘तर संविधान विपरीत कुनै कर्म भए, नागरिकले गरेको अपेक्षा विपरीत कार्य भए, हामी खबरदारी गरेर अघिल्तिर उभिनेछौं ।’
हामी चाहन्छौं नयाँ संसद् र नयाँ सरकारले समाजमा आपसी सद्भाव, राज्य प्रशासनमा सुशासन र मसग्र समुन्नतिको यात्रालाई गतिशील बनाउन ध्यान केन्द्रित गरोस् ।
प्रतिक्रिया 4