+
+
Shares

काठमाडौं जिल्ला अदालतले भन्यो- गाडी हस्तान्तरणको प्रक्रियामा छ

काठमाडौं जिल्ला अदालतले निर्वाचनको समयमा निर्वाचन अधिकृतका लागि प्रदान गरिएको गाडी फिर्ता गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते २०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले निर्वाचन अधिकृतका लागि प्रदान गरिएको गाडी फिर्ता गर्ने प्रक्रियामा रहेको जनाएको छ।
  • मिति ०८२/५/२३ गतेको जेनजी आन्दोलनमा अदालतका गाडीहरू जलेर नष्ट भएको र तत्काल सवारी साधन आवश्यक भएको कारण गाडी हस्तान्तरणको प्रक्रिया भइरहेको अदालतले उल्लेख गरेको छ।
  • काठमाडौं जिल्ला अदालतले अनलाइनखबरमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाएको छ।

१९ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निर्वाचनको समयमा निर्वाचन अधिकृतका लागि प्रदान गरिएको गाडी फिर्ता गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

बुधबार अनलाइखबरमा ‘काठमाडौं, ललितपुर र चितवनका निर्वाचन अधिकृतले फिर्ता गरेनन् गाडी‘ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

सोही समाचारप्रति काठमाडौं जिल्ला अदालतले ध्यानाकर्षण भएको जनाएको हो ।

‘मिति ०८२/५/२३ गतेको जेनजी आन्दोलनका क्रममा यस अदालतका गाडीहरू जलेर नष्ट भएको र तत्काल यस अदालतमा सवारी साधनको आवश्यक भएको कारणले सो सवारी साधन यस अदालतको प्रयोजनका लागि हस्तान्तरणको प्रक्रियामा रहेको’ अदालतले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

यस्तो छ अदालतको ध्यानाकर्षण पत्र

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?