News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले केवाईसी ब्रान्डका इलेक्ट्रिक भ्यान आयात, आपूर्ति तथा बिक्री–वितरण रोक्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ।
- अदालतले केवाईसीसँग स्पेसिफिकेसन मिल्ने गाडीहरू पनि आयात र बिक्री नगर्न आदेश दिएको छ।
- इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि र एम्बर मोटर्स प्रालि नामका कम्पनीहरूले अदालतको आदेश छलेर गाडी आयात गरिरहेको आरोप लागेको छ।
९ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले केवाईसी ब्रान्डका इलेक्ट्रिक भ्यान आयात, आपूर्ति तथा बिक्री–वितरण रोक्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार अदालतले केवाइसीसँग स्पेसिफिकेसन मिल्ने सवारीसाधन आयात र बिक्री–वितरण नगर्न आदेश जारी गरेको हो ।
देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गर्दै अदालतले केवाईसी ब्रान्डका गाडीमात्र होइन, उही स्पेसिफिकेसनका गाडी भित्र्याउने र बजारमा बिक्री–वितरण गर्ने कार्य रोक्न निर्देशन दिएको हो ।
यसअघि अदालतको आदेश विपरित ‘नियोसिया’ ब्रान्डमा केवाईसी गाडी आयात तथा बिक्री हुँदै आएको थियो ।

‘चिनियाँ कम्पनीबाट उत्पादित केवाईसी ब्रान्डका गाडीसँग स्पेसिफिकेसन मिल्ने गाडीहरू निवेदक वादीबाहेक अन्य कम्पनी र व्यक्तिका नामबाट आपूर्ति तथा बिक्री– वितरण नगर्नू नगराउनू,’ अदालतको आदेशमा छ, ‘करार सम्झौता यथास्थितिमा कायम राख्नू भनी विपक्षीहरूका नाममा देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम यो अन्तरकालीन आदेश जारी गरिदिएको छ ।’
विवादित गाडीहरू केवाईसी ब्रान्डकै मोडेल, बनावट र फिचर मिल्ने भए पनि नाम परिवर्तन गरी ‘नियोसिया’ तथा ‘नियोसिया स्टार भी ईभी’ नाममा आयात गरिएको आरोप लाग्दै आएको छ ।
यस प्रकरणमा ‘इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि’ र त्यसकै सञ्चालकहरूले स्थापना गरेको ‘एम्बर मोटर्स प्रालि’ संलग्न थिए । दुवै कम्पनी एउटै समूहका व्यक्ति सञ्चालकमा रहेकाले अदालतको आदेश छलेर गाडी आयात गरिरहेका थिए ।
प्रतिक्रिया 4