News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानीको भाउ प्रतिकिलो औसत ४१ रुपैयाँले बढेर ३ सय ६६ रुपैयाँ पुगेको छ।
- हरियो धनियाँको भाउ पनि बिहीबार प्रतिकिलो औसत ३२ रुपैयाँले बढेर ९२ रुपैयाँ कायम भएको छ।
१० पुस, काठमाडौं । बजारमा हरियो अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको हो ।
अकबरे खुर्सानीको भाउ प्रतिकिलो थोकमा औसत ४१ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा औसत ३ सय २५ रुपैयाँमा अकबरे खुर्सानी किनबेच भएको थियो । आज प्रतिकिलो भाउ ३ सय ६६ रुपैयाँ कायम छ ।
यस्तै आज हरियो धनियाँको भाउ पनि प्रतिकिलो औसत ३२ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो ६० रुपैयाँमा किनबेच भएको हरियो धनियाँ आज बिहीबार ९२ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4