+
+
Shares

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने, एमाले छलफलमा

नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
  • नेकपा एमालेले सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा सचिवालय बैठकपछि निर्णय गर्ने सांसद गुरुप्रसाद बरालले बताए।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालको सभामुख पदका लागि उम्मेदवारी परिसकेको र उनी निर्वाचित हुने निश्चित छ।

२० चैत, काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।

सत्तापक्षसँग संसद्‍मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने ।

नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।

एमालेका सांसद गुरुप्रसाद बरालले आफूहरू छलफलमा रहेको बताए ।

‘हामी सचिवालय बैठक बस्दैछौं । उक्त बैठकपछि यो विषयमा एउटा निर्णयमा पुग्छौं,’ उनले भने ।

सभामुख पदमा रास्वपाका छलफलबाट डोलप्रसाद अर्यालको उम्मेदवारी परिसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ सिट रहेको छ । रास्वपाको सुविधाजनक बहुमत भएकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?