+
+
Shares

कांग्रेस महाधिवेशन : ७७ वटा जिल्लामा को-को खटिए प्रतिनिधि (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते २१:२८

२१ चैत, काठमाडौंं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ वटै जिल्लाहरूमा खटिने केन्द्रीय प्रतिनिधिरूको नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले आगामी वैशाखबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरसंवाद गरेको थियो ।

केन्द्रीय प्रतिनिधिहरूले बैशाख महिनाभरी जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ति विधानले तोकेबमोजिमको व्यवस्थालाई लागू गर्ने र अन्य जिम्मेवारीहरू पूरा गर्ने महामन्त्री प्रदीप पौडेलले जानकारी गराएका छन् ।

महाधिवेशनका लागि कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यतालिका बनाएको छ । सदस्यता अद्यावधिकका लागि कांग्रेसले बैशाखभर एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दैछ ।

एक महिने सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले क्रियाशील सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नु पर्नेछ । यस्तै क्षेत्र र जिल्लाले सदस्यता ‘इन्ट्री’ गरेर २५ जेसम्म केन्द्रमा पठाइसक्नु पर्ने छ ।

केन्द्रले सदस्यतामा आवश्यक छानबनि गरेर अनितम टुंगो लगाउने मिति १५ असारका लागि तोकिएको छ । यस्तै असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कांग्रेसको कार्यतालिका छ ।

प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो ।

कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?