News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी सांसद गीता गुरूङले पश्चिम एसियामा जारी युद्धका कारण डरमा रहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि सरकारसँग कूटनीतिक पहल गर्न माग गरिन्।
- सांसद गुरूङले महिलामाथि भइरहेको साइबर बुलिङ रोक्न दोषीलाई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरिन्।
- उनले राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको मर्मअनुसार समुन्नत नेपाल निर्माणमा अहम् भूमिका खेल्ने अपेक्षा राखेको बताइन्।
२४ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारसँग पश्चिम एसियामा जारी युद्धका कारण डरमा बाँचिरहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि कूटनीतिक पहल गर्न माग गरेकी हुन् ।
‘पश्चिम एसियामा जारी युद्धको कारण डरमा बाँचिरहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि सरकारको अविलम्ब कुटनैतिक पहलका लागि माग गर्दछु,’ सांसद गुरूङले भनिन् ।
सांसद गुरूङले महिलाहरूमाथि भइरहेको साइबर बुलिङ रोक्न दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् ।
‘आफ्ना धारणा अभिव्यक्त गरेकै आधारमा महिलाहरूमाथि भइरहेको निकृष्ट साइबर बुलिङ रोक्न दोषीलाई कडा कारबाही गर्न जोडदार माग गर्दछु,’ उनले भनिन् ।
कांग्रेस सांसद गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानको मर्मअनुसार समुन्नत नेपाल निर्माणमा अहम् भूमिका खेल्न अपेक्षा राखेको पनि बताइन् ।
‘रास्वपाले प्राप्त गरेको लोभलाग्दो जनमतका लागि बधाई दिँदै उहाँहरूले संविधानको मर्मअनुसार समुन्नत नेपाल निर्माणमा अहम् भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा गर्दछु,’ उनले भनिन् ।
प्रतिक्रिया 4