+
+
Shares

फेरि ब्युँतियो प्लास्टिक प्रतिबन्ध, पातला झोला उत्पादन र बिक्री पूर्ण रोक

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध कडाइसाथ कार्यान्वयन गर्न पुन: आग्रह गरेको छ।
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ माघ २०७८ को मन्त्रिपरिषद् निर्णयबाट स्वीकृत ‘प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८’ कार्यान्वयनमा रहेको स्मरण गराएको छ।
  • प्रतिबन्ध १ मंसिर २०८२ देखि लागु हुने गरी वातावरण प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले लागू गरिएको र बजारमा यसको प्रयोग पूर्णरूपमा नरोकिएपछि पुन: सूचना जारी गरिएको छ।

२४ चैत, काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा लगाइएको प्रतिबन्ध कडाइसाथ कार्यान्वयन गर्न पुन: आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विभागले जारी गरेको सूचनामा १७ माघ २०७८ को मन्त्रिपरिषद् निर्णयबाट स्वीकृत ‘प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८’ कार्यान्वयनमा रहेको स्मरण गराइएको छ ।

सोही निर्णय र आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा गरिएको व्यवस्था अनुसार वातावरण प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले यो प्रतिबन्ध लागु गरिएको हो ।

प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा १ मंसिर २०८२ देखि लागु हुने गरी रोक लगाइएको सूचनामा उल्लेख छ ।

विभागले उक्त प्रतिबन्धित प्लास्टिकको झोला आयात, उत्पादन, बिक्री, वितरण र दैनिक कामकाजमा प्रयोग नगर्न/नगराउन सम्बन्धित सबैलाई सूचना मार्फत पुन: अनुरोध गरेको छ ।

पहिलेदेखि नै प्रतिबन्ध लागु भए पनि बजारमा यसको प्रयोग पूर्णरूपमा नरोकिएपछि सरकारले पुन: सूचना जारी गरेर सरोकारवालालाई सचेत गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?