News Summary
Generated by OK AI. Editorially reviewed.- ह्वाट्सएपले एप्पल कारप्लेको लागि नयाँ अपडेट सार्वजनिक गरेको छ जसले चालकलाई सडकमा ध्यान केन्द्रित गर्दै म्यासेज र कल व्यवस्थापन गर्न सजिलो बनाउनेछ।
- यो अपडेटले कारको स्क्रिनमा सुव्यवस्थित इन्टरफेस देखाउनेछ र हालैका च्याट तथा कल हिस्ट्री सिधै हेर्न सकिने सुविधा थपिएको छ।
- प्रयोगकर्ताले iPhone 5 वा पछिल्लो मोडल, iOS १६.४ वा पछिल्लो भर्सन, र एप्पल कारप्ले सपोर्ट गर्ने सवारी साधन आवश्यक छ।
२५ चैत, काठमाडौं । ह्वाट्सएपले एप्पल कारप्ले का लागि एउटा महत्वपूर्ण अपडेट सार्वजनिक गरेको छ, जसले सवारी चालकहरूलाई सडकमा ध्यान केन्द्रित गर्दै महत्वपूर्ण म्यासेज र कलहरू व्यवस्थापन गर्न सजिलो बनाउनेछ।
लामो समयको परीक्षणपछि ह्वाट्सएपले यो फिचर अहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो। यसअघि कारप्लेमा ह्वाट्सएपको प्रयोग सीमित थियो र धेरैजसो ‘भ्वाइस कमाण्ड’ मा भर पर्नुपर्थ्यो, तर अब कारको स्क्रिनमै फोनमा जस्तै सुव्यवस्थित इन्टरफेस देखिनेछ।
यो नयाँ अपडेटसँगै चालकहरूले कारको डिस्प्लेमा हालैका च्याटहरू र कल हिस्ट्री को सूची सिधै हेर्न सक्नेछन्। साथै, धेरै कुरा हुने व्यक्तिहरूका लागि ‘फेभरेट कन्ट्याक्ट्स’ को छुट्टै सेक्सन पनि थपिएको छ।
नयाँ ‘क्विक बटन’ हरूको मद्दतले एक ट्यापमै कल गर्न वा आवाजको माध्यमबाट म्यासेज टाइप गरी पठाउन सकिनेछ। यसले चालकको ध्यान अन्यत्र मोडिन नदिई कुराकानीलाई सुरक्षित र सहज बनाउने विश्वास गरिएको छ।
कारमा ह्वाट्सएप प्रयोग गर्न आवश्यक कुराहरू :
-
प्रयोगकर्तासँग iPhone 5 वा सोभन्दा पछिल्लो मोडलको आइफोन हुनुपर्नेछ।
-
आइफोनमा iOS 26.4 वा सोभन्दा पछिल्लो सफ्टवेयर भर्सन हुनुपर्नेछ।
-
ह्वाट्सएपलाई एप स्टोरबाट सबैभन्दा पछिल्लो भर्सनमा अपडेट गरेको हुनुपर्नेछ।
-
आइफोनमा Siri अन हुनुपर्छ र ह्वाट्सएपमा Face ID वा Touch ID लक राखिएको हुनुहुँदैन।
-
सवारी साधनले एप्पल कारप्ले सपोर्ट गर्ने हुनुपर्छ।
कसरी प्रयोग गर्ने?
आफ्नो आइफोनलाई कारको सिस्टममा कनेक्ट गरिसकेपछि कारको स्क्रिनमा ह्वाट्सएपको आइकन देखिनेछ।
यदि आइकन नदेखिएमा आइफोनको Settings > General > CarPlay मा गएर आफ्नो कार छनोट गरी ह्वाट्सएपलाई ‘कस्टमाइज’ सूचीको माथि राख्नुपर्नेछ।
त्यसपछि सिधै कारको स्क्रिनबाटै कलको जवाफ दिन वा म्यासेजको रिप्लाई गर्न सकिन्छ।
प्रतिक्रिया 4