+
+
Shares

संसद्को खाली कुर्सी देखाउँदै समीक्षाले भनिन्– लोकतन्त्रमा फेरि प्रहार हुने कि ?

रास्वपाकी सांसद समीक्षा बाँस्कोटाले संसद्को अघिल्लो लहरको खाली ‘रो’ ले लोकतन्त्रलाई गिज्याउँछ कि भनेर ख्याल गर्नुपर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले संसद्को खाली कुर्सीले लोकतन्त्रलाई गिज्याउन सक्ने ख्याल गर्नुपर्ने बताइन्।
  • उनले परिवर्तन चाहने आन्दोलनबाट अहिलेको अवस्था आएको उल्लेख गर्दै जनताको चाहना अनुसार अगाडि बढ्नुपर्ने भनिन्।
  • बाँस्कोटाले कर्णाली राजमार्ग र त्यहाँका नागरिकको शिक्षा तथा स्वास्थ्यमा सरकारले ख्याल गर्नुपर्ने आग्रह गरिन्।

२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बाँस्कोटाले संसद्को अघिल्लो लहरको खाली ‘रो’ ले लोकतन्त्रलाई गिज्याउँछ कि भनेर ख्याल गर्नुपर्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘आज अग्र भागमा रहेका खाली कुर्सीहरू देख्दा कतै फेरि यो सम्मानित संसद् भवन र लोकतन्त्र माथि प्रहार हुन लागेको हो कि जस्तो लागेको छ । कतै हामीले लोकतन्त्रलाई गिज्याउन थालेको हो कि जस्तो अनुभूति भइराखेको छ’ उनले भनिन् ।

परिवर्तन चाहने विभिन्न आन्दोलन हुँदै अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले जनताको चाहना अनुसार अगाडि बढ्नुपर्ने बताइन् ।

मुलुकमा पछाडि परेका क्षेत्रलाई प्राथमिकता राखेर विकासका नीति अवलम्बन गरिनुपर्ने उनको आग्रह छ । कर्णाली राजमार्गको विषय उठाइन् । कर्णालीका नागरिकको शिक्षा र स्वास्थ्यमा सरकारले ख्याल गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?