News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिले भ्रष्टाचार गरेको रकम फिर्ता ल्याउन नेपालका लागि स्वीस राजदूतलाई अनुरोध गरे।
- स्वीस राजदूत डेनियल मैवलीले दुई देशबीच आप्रवासन र विपद् व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
२५ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिले भ्रष्टाचार गरेको रकम भए फिर्ता ल्याउन पहल गरिदिन नेपालका लागि स्वीस राजदूतलाई अनुरोध गरेका छन् ।
आज गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री गुरुङले राजदूत डेनियल मैवलीलाई यस्तो अनुरोध गरेका हुन् । उनले भ्रष्टाचारसँगै अन्य कसुरबाट अवैध रुपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे/नगरेको विषयमा अनुसन्धानका लागि सहकार्य गर्न आग्रह गर्दै त्यस्ता रकम देखिएमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउने व्यवस्था गर्न आग्रह गरे।
उक्त भेटमा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन् ।
भेटघाटको राजदूतले दुई देशको सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाएकी थिइन् । मन्त्री गुरुङले उक्त विषय हाल छलफलमा रहेको जानकारी गराए ।
राजदूतले विपद् व्यवस्थापनको नेपालमा जलवायु परिवर्तन एवम् विपद जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया 4