+
+
Shares

गृहमन्त्री सुधन गुरुङले गरे दुई आईजीपीसँग डेढ घण्टा छलफल

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनकाे निर्णयपछि गृहमन्त्री गुरुङले दुई आईजीपीलाई बोलाएर गरेको छलफल अर्थपूर्ण रहेको मानिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते २१:४९

१३ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुखसँग छलफल गरेका छन् । शुक्रबार साँझ नेपाल प्रहरी आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी आईजीपी राजु अर्यालसँग गृहमन्त्री गुरुङ सिंहदरबारस्थित गृहमन्त्रालयलमा बोलाएर डेढ घण्टा छलफल गरेका हुन् ।

छलफलको विषय भने बाहिरिएको छैन । यद्यपि आजै मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको थियो ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनकाे निर्णयपछि गृहमन्त्री गुरुङले दुई आईजीपीलाई बोलाएर गरेको छलफल अर्थपूर्ण रहेको मानिएको छ ।

कार्की आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई फौजदारी कानुनअनुसार कारबाहीको सिफारिस गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?