News Summary
Generated by OK AI. Editorially reviewed.- दोस्रो सेयर बजारमा पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीहरू बिहीबार सूचीकृत भएका छन्।
- पाल्पा सिमेन्टको ३ करोड ७५ लाख कित्ता र शिखर पावरको ९८ लाख कित्ता सेयर सूचीकृत भएको छ।
- पाल्पा सिमेन्टको कोड पीसीआईएल र शिखर पावरको कोड एसआईपीडी रहेको छ र दुवै कम्पनीको कारोबार शुक्रबारदेखि सुरु हुनेछ।
२६ चैत, काठमाडौं । दोस्रो सेयर बजारमा दुई कम्पनी थपिएका छन् । पाल्पा सिमेन्ट र शिखर पावर बजारमा बिहीबार सूचीकृत भएका हुन् ।
बजारमा अब सूचीकृत हुने सिमेन्ट उद्योगको संख्या ५ पुगेको छ । यसअघि नै शिवम्, घोराही, सोनापुर र सर्वोत्तम बजारमा सूचीकृत भइ कारोबार भइरहेका छन् । बिहीबार पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ३ करोड ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । पाल्पा सिमेन्ट उत्पादन तथा प्रशोधन समूहको कम्पनी हो ।
जसमा ३ करोड कित्ता संस्थापक समूह र ७५ लाख कित्ता सर्वसाधारण समूहको रहको छ । यस कम्पनीको आरटीएस सेवा नबिल इन्भेस्टमेन्ट बैंकिङले प्रदान गर्नेछ । भोलि शुक्रबारदेखि कम्पनीको कारोबार सुरु हुनेछ । कम्पनीको कोड नाम पीसीआईएल रहेको छ । पहिलो कारोबार मूल्य १ सयदेखि ३ सयको बीचमा हुनेछ ।
त्यसपछि पहिलो कारोबारको मूल्यमा २ प्रतिशतको सीमामा घटबढ भई अरु कम्पनीसरह कारोबार हुनेछ ।
त्यस्तै शिखर पावरको ९८ लाख कित्ता सेयर बजारमा सूचीकृत भएको छ । जसमध्ये ६६ लाख कित्ता सेयर संस्थापक समूहको तथा ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहको रहेको छ । यस कम्पनीको आरटीएस सेवा ग्लोबल आईएमई क्यापिटलले प्रदान गर्नेछ ।
कम्पनीको कोड नाम एसआईपीडी रहेको छ । हाइड्रोपावर समूहमा रहेको यस कम्पनीको पहिलो कारोबार मूल्य ९४.७८ देखि २८४.३४ रुपैयाँको बीचमा हुनेछ । शुक्रबारदेखि नै यो कम्पनीको पनि कारोबार सुरु हुनेछ ।
प्रतिक्रिया 4