+
+
Shares

इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानका पूर्वविदेशमन्त्री कमाल खराजी अप्रिलको सुरूवाततिर आक्रमणमा घाइते भएर उपचारका क्रममा मृत्यु भएका छन्।
  • खराजीलाई सुधारवादी नेताका रूपमा लिइन्थ्यो र उनी सर्वोच्च नेता अली खामेनेईका सल्लाहकार पनि थिए।
  • उनको आक्रमणमा पत्नीको मृत्यु भएको र तेहरानस्थित घरलाई निशाना बनाइएको समाचार प्रकाशित भएको छ।

२७ चैत, काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ । अप्रिलको सुरूवाततिर घाइते भएका खराजीको उपचारका क्रममा मृत्यु भएको हो ।

इरानका सञ्चारमाध्यमहरूले पूर्वविदेशमन्त्री खराजी मृत्युको समाचार प्रकाशन–प्रशारण गरेको बीबीसीले जनाएको छ ।

खराजीलाई इरानको सत्ता राजनीतिमा एक सुधारवादी नेताका रूपमा लिइन्थो । उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’ का प्रमुख र दिवंगत सर्वोच्च नेता अली खामेनेईका सल्लाहकारका रूपमा पनि चिनिन्थे ।

खराजीले सन् १९९७ से २००५ सम्म इरानको विदेशमन्त्रीका रूपमा काम गरेका थिए । इरानको सुधारवादी समर्थक जामरान न्युज वेबसाइटले १ अप्रिलमा खराजी आक्रमणमा परी गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा भर्ना गरिएको समाचार प्रकाशित गरेको थियो ।

समाचामार आक्रमणमा उनकी पत्नीको मृत्यु भएको पनि उल्लेख थियो । जामरानले तेहरानमा अवस्थित खराजीको घरलाई निशाना बनाएर आक्रमण गरिएको दाबी पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?