News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन्।
- शर्माले केसीलाई कांग्रेस संसदीय दलको नेता मात्र नभई सबै दलको साझा अभिभावकका रूपमा हेर्न चाहेको बताए।
- केसीले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सहजीकरण गर्ने अपेक्षा राखेको र नयाँ वर्षमा निर्वाचन हुने सम्भावना रहेको छ।
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् ।
कास्कीको पोखरामा शुक्रबार आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीले अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने सुझाएका हुन् ।
केसीले संसदीय दलको नेता बन्ने आकांक्ष राखिरहेको समयमा उपसभापति शर्माको यस्तो भनाइ आएको हो ।
शर्माले भने, ‘उहाँ (केसी) ले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै । त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ l’
‘२०४८ सालकै संसद्को अनुभवी व्यक्तित्व केवल अर्जुननरसिंह केसी मात्र हुनुन्छ । उहाँ सबैभन्दा ज्येष्ठ पनि हुनुन्छ । सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुन्छ l त्यसैले हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा होइन, सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं,’ उनले भने ।
केसीले सांसद साथीहरूबीच संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सहजीकरण गर्नेमा आफूहरूले अपेक्षा राखेको उनको भनाइ छ ।
उपसभापति शर्माले सर्वसम्मति नभए निर्वाचनबाट नयाँ वर्षमा संसदीय दलको नेतृत्व चयन हुने बताए ।
प्रतिक्रिया 4