+
+
Shares

दुई दिनको सार्वजनिक बिदामा समेत अदालतहरूमा वैकल्पिक व्यवस्था

सर्वोच्च अदालतले दुई दिनको सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका लागि वैकल्पिक व्यवस्था गर्न मातहतका अदालतहरूलाई निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १९:४६

२७ चैत, काठमाडौं । सर्वोच्च अदालतले दुई दिनको सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका लागि वैकल्पिक व्यवस्था गर्न मातहतका अदालतहरूलाई निर्देशन दिएको छ ।

सर्वोच्च अदालतको शुक्रबारको पूर्ण बैठक(फूल कोर्ट)ले २४ घण्टाभन्दा लामो अवधि बिदा भएमा वा शनिबार र आइतबार सार्वजनिक बिदा भएमा समेत अत्यावश्यक सेवाको वैकल्पिक व्यवस्था गर्नू भनेको हो ।

सर्वोच्च अदालतले पक्राउ पूर्जीको अनुमति, जरुरी पक्राउ पूर्जीको स्वीकृति तथा हिरासतमा राख्ने अनुमतिको लागि पेश हुने मुद्दाको निकासाका लागि यस्तो व्यवस्था गर्नू भनेको हो ।

नेपालको संविधानको धारा २०(३) मा पक्राउ गरिएको व्यक्तिलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्ने’ बाध्यकारी व्यवस्था छ । तर शनिबार र आइतबारको विदाले त्यसको कार्यान्वयन हुन नसक्ने देखिएपछि सर्वोच्च अदालतले वैकल्पिक व्यवस्थाको परिपत्र गरेको हो ।

सर्वोच्च अदालतको उक्त परिपत्र देशभरका उच्च अदालतहरु र मातहतका इजलास, विशेष अदालत र सबै न्यायाधीकरणहरुले कार्यान्वयन गर्नुपर्नेछ ।

त्यसैगरी प्रशासकीय अदालत, उपभोक्ता अदालत, बाल अदालत लगायतका विशिष्ठीकृत अदालतले पनि उक्त परिपत्रको कार्यान्वयन गर्नुपर्नेछ ।

सरकारले गत आइतबार निर्णय गरेको व्यवस्था अनुसार, अब सोमबारदेखि शुक्रबारसम्म विहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय हुनेछ भने शनिबार र आइतबार सार्वजनिक बिदा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?