+
+
Shares

अमेरिकाले एकैसाथ ३५ नेपालीलाई गर्‍यो डिपोर्ट

डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १६:४७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले चार्टर विमानमार्फत ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ, जसमा अवैध बाटोबाट गएका १२ र विद्यार्थी भिसामा गएका २ जना छन्।
  • डिपोर्ट हुनेहरूलाई विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले नियन्त्रणमा लिएर फर्काएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए।
  • पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सय बढी नेपाली डिपोर्ट भइसकेका छन् र ट्रम्पको दोस्रो कार्यकालपछि आप्रवासीमाथि कडाइ बढेको छ।

२८ चैत, काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।

३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।

मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, अन्यलाई भने विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरिदिएको हो ।

पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सय बढी नेपालीहरू डिपोर्ट भइसकेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट पटकपटक नेपालीहरू डिपोर्ट हुँदै आएका छन् ।

ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरूलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?