+
+
Shares

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
  • उनले संविधान संशोधन र नयाँ कानुन बनाउन निष्ठा र निष्पक्षताका साथ काम गर्ने बताए ।
  • अर्यालले फास्ट ट्रयाकबाट कानुन निर्माण प्रक्रिया अघि बढाउने र बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनमा सरकारलाई निरन्तर झक्झक्याउने बताए।

२९ चैत, मलेखु (धादिङ) । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताएका हुन् ।

संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताए ।

‘विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु’ उनले भने ।

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?