News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशन फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताए।
- उनले संसद्का सबै गतिविधि प्रत्यक्ष प्रसारण गरेर पारदर्शी बनाउन चाहेको बताए।
- सभामुख अर्यालले संसदमा विधेयक ड्राफट गर्दा सबै सरोकारवालासँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।
४ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको बताए ।
उनले सञ्चारकर्मीलाई आफूले संसद्मा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे ।
संसद्मा कु नैपनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरूसँग पटक-पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिबद्धता थियो ।
उनले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरू स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाए ।
सभामुख अर्यालले भने, ‘नयाँ नजिरहरू स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अवको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ ।’
सभामुख अर्यालले कानुन निर्माणको कामलाई आफूले छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताए ।
प्रतिक्रिया 4