+
+
Shares

‘मितज्यू’ को टिजर : सँधै झगडा हुन थालेपछि जब गाउँलेले मित लगाइदिन्छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १७:२७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'मितज्यू' को टिजर युट्युबमा रिलिज भएको छ जसले कथावस्तु, द्वन्द्व र चरित्र चित्रणलाई संक्षिप्तरुपमा देखाउँछ।
  • फिल्ममा गाउँमा जीप चालकको कथा र केटीका लागि हुने झगडाको सामाजिक र सम्बन्धको मर्मस्पर्शी कथा समावेश छ।
  • निर्देशक अनिल बुढामगरले मितेरी साइनोको चलन नयाँ पुस्तामा ओझेल पर्दै गएको विषयलाई फिल्ममार्फत उजागर गर्नुभएको छ।

काठमाडौं । तेरिया मगर, सौगात मल्ल र दयाहाङ राई स्टारर फिल्म ‘मितज्यू’ को टिजर युट्युबमा रिलिज भएको छ । टिजरले कथावस्तु, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणलाई संक्षिप्तरुपमा प्रकाश पार्छ ।

गाउँमा जीप हाँक्ने चालकको कथा फिल्ममा छ । केटीको लागि उनीहरूले गर्ने झगडाको कथामा निर्देशकले सामाजिक र सम्बन्धको मर्मस्पर्शी कथा पोतेका छन् ।

पटक–पटक झगडा गरेपछि मित लगाउँछन् । उनीहरूबीच आइन्दादेखि झगडा नपरोस् भनेर गाउँलेले मित लगाइदिन्छन् । हराउँदै गएको मितेरी साइनोलाई टिजरमार्फत निर्देशकले झल्को दिलाएका छन् ।

मितेरी साइनोको चलन नयाँ पुस्तामा ओझेल पर्दै गएपछि निर्देशकले यो फिल्ममार्फत त्यो किस्सा उधिन्ने प्रयास गरेका छन् । हात हेराउन ज्योतिषीको घरमा पुगेका दयाहाङ र सौगातलाई परस्त्रीसँग लसपस त भएको छैन ? त्यसले विश्वकर्माको कृपा तपाईमाथी घट्ने देखिन्छ भनेपछि अतालिन्छन् । यसैको सेरोफेरोमा टिजर घुमेको छ ।

टिजरमा शिशिर वाङ्देल पनि चित्रित छन् । अनिल बुढामगर निर्देशित पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई, खड्गबहादुर पुनमगरको पनि अभिनय छ ।

भारतीय रियालिटी शोहरूबाट उदाएकी तेरियाले यसबाट घरेलु फिल्ममा डेब्यू गरेकी हुन् । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जनक घर्तीमगरले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?