News Summary
Generated by OK AI. Editorially reviewed.- जनक घर्तीले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’ गीत युट्युबमा एक सातामै ११ लाखभन्दा बढी पटक हेरिएको छ।
- निर्माता मगरले गीतलाई हेरेर सकारात्मक प्रतिक्रिया दिने दर्शकप्रति आभार व्यक्त गर्नुभएको छ।
- फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ र यसमा सौगात मल्ल, तेरिया मगर र दयाहाङ राईको मुख्य भूमिका छ।
काठमाडौं । जनक घर्तीले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’ गीत अहिले चर्चामा छ । युट्युबमा रिलिज भएको एक सातामै यसलाई ११ लाख पटक हेरिएको छ ।
गीतले लोभलाग्दो भ्यूज पाएपछि निर्माता उत्साहित छन् । निर्माता मगरले गीतलाई हेरेर सकारात्मक प्रतिक्रिया दिने दर्शकप्रति आभार व्यक्त गरेका छन् ।
यो समाचार तयार पार्दासम्म गीतलाई ११ लाखभन्दा धेरैपटक हेरिएको छ । १३ सयभन्दा धेरै प्रतिक्रिया प्राप्त छ । प्रतिक्रिया हेर्दा अधिकांश सकारात्मक देखिन्छन् ।
दर्शकले डेब्यू कलाकार तेरिया मगरको नृत्यको प्रशंसा गरेका छन् । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिनयको तारिफ गरेका छन् । उनीहरूले अभिनेता सौगात मल्लको अर्को रुप देख्न पाइयो भन्दै खुसी बाँडेका छन् ।
फिल्ममा सौगात र तेरियासहित दयाहाङ राईको शीर्ष भूमिका छ । सौगात र तेरियाले गाउँले पहिरनमा छमछमी नृत्य गरेका छन् । गीतलाई श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाएका छन् ।
शब्द, संगीत पनि गायक मल्लकै छ । मिङ्मा लेप्चाको नृत्य निर्देशन यसमा छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अनिल बुढाले निर्देशन गरेका हुन् ।
‘मितज्यू’ जेठ ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4