+
+
Shares

‘मितज्यू’ को गीत ‘गैराघरे काँइली’ मा नाचे तेरिया, दयाहाङ र सौगात

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते ११:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ युट्युबमा सार्वजनिक भएको छ।
  • गीतमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर फिचर्ड छन् र श्रीकृष्ण बम मल्लले शब्द र संगीत दिएका छन्।
  • फिल्मलाई अनिल बुढाले निर्देशन गरेका हुन् र जीएम मुभिज प्रोडक्सनले निर्माण गरेको हो।

काठमाडौं । ८ जेठदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर फिचर्ड छन् ।

लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्लको शब्द र संगीत छ । गायनमा उनले मेलिना राईसँग सहकार्य गरेका छन् । संयोजन श्यामश्वेत रसाइलीको छ ।

गीतको नृत्य निर्देशक मिङ्मा डि लेप्चा हुन् । निर्माता जनक घर्तीले कथाअनुसार नै गीत राखेको बताए । उनले भने, ‘कथाले जुन गीत मागेको थियो, सोही राखेका छौँ । श्रोता र दर्शकले पनि गीतलाई मन पराइदिनुहुन्छ भन्नेमा म विश्वास छु ।’

ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा बुनिएको यो फिल्मलाई अनिल बुढाले निर्देशन गरेका हुन् । पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना, अनुशा राई, खड्गबहादुर पुनको पनि अभिनय छ ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?