+
+
Shares

संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १७:४१

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा जुटेको छ ।

सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई दिनुपर्छ भन्ने विषयमा आफूहरू प्रष्ट रहेको नेताहरू बताउँछन् । तर, कुन चाहिँ विपक्षी दललाई लेखा समितिको नेतृत्वमा सघाउने भनेर तय गरेको छैन ।

प्रतिनिधिसभामा रास्वपाबाहेक पाँच दल छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा छन् ।

बाँकी प्रतिनिधिसभा अन्तर्गतका ९ वटा संसदीय विषयगत समितिका सभापति कसलाई बनाउने भनेर रास्वपा छलफलमा जुटेको हो ।

संसदीय समितिको सभापति चयन गर्दा रास्वपामा एकीकृत भएका दलबाट आएकाहरूलाई जिम्मेवारी दिन खोजिएको छ । रास्वपामा निर्वाचनको केही समय अगाडि विवेकशील साझासहितका समूहरू मिसिएका थिए ।

संघीय संसद् अन्तर्गत १६ वटा विषयगत समिति छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा संसदीय समिति छन् । दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका समिति सभापति यसअघि नै चयन भइसकेका छन् ।

गत शुक्रबार प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त समिति दुई वटा गठन भएको थियो । ति समितिमा सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?